साइक्लिङमा नेपाललाई दुई स्वर्णसहित पाँच पदक

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत डाउनहिल साइक्लिङमा नेपालले दुई स्वर्णसहित ५ पदक जितेको छ।

पुरुषमा तीन र महिलामा दुई पदक नेपालले हात पारेको हो । पुरुषमा राजेश मगरले स्वर्ण जिते । महिलामा निश्मा श्रेष्ठ पहिलो भइन् । दोस्रो स्थान पनि नेपालले नै हात पार्‍यो । दक्षिण एसियाली खेलकुदमा साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here