भ्याटमा दर्ता भएका करदाता २ लाख ३७ हजार,प्यान लिनेको संख्या ३४.८ प्रतिशत बढ्यो

काठमाडौं, १८ मंसिर । मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता भएका करदाताको संख्या २ लाख ३७ हजार ६ सय ८५ पुगेको छ ।

अर्थ मन्त्रालयको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिना(०७६ कार्तिक मसान्त सम्म) मा २३ हजार ९ सय १५ करदाता थपिएका छन् ।

त्यस्तै अन्त: शुल्कमा दर्ता हने करदाताको संख्या ९१ हजार ८ सय ४६ पगुेको छ। चालु आर्थिक बर्षको पहिलो चार महिनामा १४ हजार ४३२ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक बर्षको पहिलो चार महिनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ७ लाख ५५ हजार ६२६ ले बढेको छ । गत असारको तुलनामा प्यान लिने करदाताको संख्या ३४.८ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०७६ असारसम्म स्थायी लेखा नम्बर लिने करदाताहरुको संख्या २१ लाख ७२ हजार ३ सय ८३ रहेकोमा २०७६ कार्तिक मसान्तसम्म यस्तो संख्या बढेर २९ लाख २७ हजार ८ सय २६ पुगेको छ ।

२०७६ कार्तिकसम्म व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १२ लाख ८४ हजार १७ तथा व्यक्तीगत स्थायी लेखा नम्बर लिने करदाता १६ लाख ४१ हजार ६ सय ४४ पुगेका छन।

चालु आर्थिक बर्षको पहिलो चार महिनमा व्यक्तीगत स्थायी नम्बर लिने करदाता ६ लाख ४८ हजार ५ सय ६४ थप भएका छन व्यवसायिक रुपमा प्यान लिनेको संख्या एक लाख ५ हजार ६३४ ले थप भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here