शुक्रवार-शनिवार उपत्यकाका यी रुट प्रयोग नगर्नुहोस्

काठमाडौं,१८ मंसिर । महानगरीय ट्राफिक महाशाखाले शुक्रवार–शनिवार दुई दिनको लागि उपत्यकाको सडक प्रयोगबारे सूचना जारी गरेको छ ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङ रेस च्याम्पियनसीप सञ्चालन हुने सडकको बारेमा सर्वसाधारणलाई सडक प्रयोग सम्बन्धी जानकारी गराएको हो ।

महाशाखाले बुधवार सूचना जारी गर्दै मंसिर २० र २१ गते खेल सञ्चालन हुन सडक तोक्दै बैकल्पिक रुटसमेत तोकेको छ ।

२० गते शुक्रवार साइक्लिङ रेस कलंकीदेखि कोटेश्वर सडक खण्डमा हुने हुँदा उक्त सडक खण्डमा आवज जावत गर्ने सडक प्रयोगकर्ता महानुभावहरुले गरी सहयोग गरिदिन हुन अनुरोध गरेको छ ।

२१ गते शनिवार कलंकीदेखि भक्तपुरको सूर्यबिनायक सडक खण्डमा उक्त खेल हुने जनाउँदै अर्को रुट प्रयोग गर्न सुझाएको छ ।

‘साइक्लिङ रेस च्याम्पियनसीप मंसिर २१ गते कंलंकीदेखि सूर्यबिनायक सडक खण्डमा हुने हुँदा कलंकीदेखि कोटेश्वर सडक प्रयोगकर्ता महानुभावहरुले सर्भिस लेन प्रयोग गर्न हुन अनुरोध गरेको छ ।

त्यस्तै कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडिबुटी, पेप्सीकोला, पुरानो ठिमी, ब्याँसी, कमल बिनायक, च्यामासिंहहुँदै जगातीको सडक प्रयोग गरी सहयोग गरिदिन अनुरोध गरेको छ ।

तोकिएको दिन र तोकिएको रुटमा अत्यावश्यक बाहेकका सवारी साधन नचलाई ट्राफिक ब्यवस्थापनमा सघाउन पनि महाशाखाले सवैलाई सूचित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here