पुरुष फुटवलः नेपाल बराबरीमा रोकियो

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत पुरुष फुटवलमा नेपाल श्रीलंकासंग बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा आज भएको दोस्रो खेलमा नेपाल श्रीलंकासंग १-१ गोलको बराबरीमा रोकिएको छ ।

नेपाललाई जित दिलाउने क्रममा कप्तान सुजल श्रेष्ठले ३७ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा फ्रि किकबाट गोल गर्दै श्रीलंकाले खेल १-१ को बराबरीमा रोकेको हो ।

खेल निकै प्रतिस्पर्धात्मक भएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा मंगलवार भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here