ओपोद्वारा फाइभजी स्मार्टफोन सार्वजनिक

काठमाडौं । ओपोले वार्षिक क्वालकम स्न्यापड्रागन टेक समितमा सन् २०२० को पहिलो क्वार्टरमा क्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको छ ।

यही महिना सार्वजनिकको तयारीमा रहेको नयाँ रेनोथ्री प्रो, क्वालकम टेक्नोलोजिज्, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५जी मोबाइल प्ल्याटफर्म, एकिकृत फाइभजी सुसज्जित ब्राण्डकै पहिलो डुअल मोड फाइभजी ह्याण्डसेट हुने ओपोले घोषणा गरेको छ ।

‘स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत हाम्रा उपकरण सञ्चारित गरी हामीले हाम्रा विश्वभरका उपभोक्तालाई क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा उत्कृष्ट अनुभवका साथै सुदृढ कार्यक्षमता पस्कँदै प्रिमियम फ्ल्यागशिप फाइभजी स्मार्टफोन पस्कँदै छौँ ।

स्न्यापड्रागन ७६५जी सुसज्जित रेनोथ्री प्रोले प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी कनेक्टिभिटी, क्वालकम स्न्यापड्रागन एलिट गेमिङ र अल्ट्रा थिन फर्म फ्याक्टरमा अभुतपूर्व अनुभव पस्कन सघाउने छ ।

भविस्यमा थप फाइभजी उत्पादनहरु पस्कँदै जाने ओपोको योजना रहेको छ । यसले बृहत्त मात्रामा विश्वभर फाइभजी अंगिकरण गर्न तेवा पु¥याउनेमा हामी आशावादी छौँ ।’, ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष, एलेन वुले भने ।

अभूतपूर्व स्न्यापड्रागन फाइभजी मोबाइल प्ल्याटफर्मले ओपोलाई आफ्ना फ्ल्यागशिप स्मार्टफोनमा श्रेणीकै उत्कृष्ट कनेक्टिभिटी, कार्यक्षमता र उर्जा मैत्री फिचर्सबाट सुसज्जित बनाउनुका साथै आफ्ना उत्पादनमा उत्कृष्ट आकारका डिजाइन पस्कँदै उपभोक्तालाई नेक्स्ट जेनरेसनका उत्कृष्ट भिडियो, फोटो र गेमिङ अनुभव लिन सघाउँछ ।

स्न्यापड्रागन ७६५जी मोबाइल प्ल्याटफर्मबाट सञ्चारित तथा एकिकृत फाइभजी र ब्यूल्टअन ७एमएम प्रोसेन प्रविधि सुसज्जित सार्वजनिकको प्रक्रियामा रहेको रेनोथ्री प्रोले उपभोक्ताले आशा गरेको भन्दा बढी र अदृतिय फाइभजी अनुभव पस्कने छ ।

ओपो फाएभजी स्मार्टफोनका क्षेत्रमा अग्रगामी हुनका साथै यसको प्रचारका लागि सदैव प्रतिबद्ध छ । ब्राण्डले यूरोपमै, पहिलो व्यवसायिक फाइभजी फोनका रुपमा रेनो फाएभजीलाई आधिकारिक तवरबाट स्विट्जर ल्याण्डमा सार्वजनिक गरिसकेको छ ।

ब्यापक प्रशंसा कमाउन सफल उक्त स्मार्टफोनलाई क्रमवद्धरुपमा कम्पनीले अष्टेलिया, यू.के. र ईटालीमा पनि उपलब्ध गराइसकेको छ । रेनो फाएभजीका लागि ओपो, कवालकम टेक्नोलोजिज् र एरिक्सनलाई यही जुन महिनामा, संयुक्तरुपमा ‘बेस्ट फाइभजी नेटवर्क डेभलपमेन्ट ईन यूरोप’ अवार्डबाट सम्मानितपनि गरिएको थियो ।

क्वालकम टेक्नोलोजिज्संग लामो समयदेखि चल्दै आइरहेको सहकार्य ओपोका लागि सदैव सराहनिय छ । सन् २०१८मा ओपोले आफ्नो फ्ल्यागशिप फाइन्ड एक्स स्न्यापड्रागन ८४५ का साथमा सार्वजनिक गरेको थियो ।

यूरोपियली बजारमा निकै सफल प्रमाणित यो उपकरणले उपभोक्तालाई यसमा निहित सर्वोत्कृष्ट डिजाइन, नवप्रबर्तनात्मक मनोरञ्जन र कनेक्सन क्षमता लगायत मार्फत अभूतपूर्व अनुभव प्रदान गर्न सफल भएको थियो ।

सन् २०१९मा ओपोले रेनो टेन र टेनएक्स हाइब्रिड जुम स्मार्टफोन, स्न्यापड्रागन ८५५ र रेनो एस स्न्यापड्रागन ८५५ प्लसका साथमा सार्वजनिक गरेको थियो । यिनमा निहित उत्कृष्ट फोटोग्राफी र गेमिङ पर्फरमेन्सका कारण उपभोक्ता माझ दुबैले निकै लोकप्रियता पायो ।

फाइभजी तथा ईन्टेलिजेन्ट कनेक्टिभिटी वल्र्डको यो यूगमा ओपोले फाइभजी प्रविधि, उत्पादन अन्वेषण तथा प्रयोग परिस्थितीका क्षेत्रमा लगानीलाई निरन्तरता दिने छ । क्वालकम लगायत उद्योगका अन्य पार्टनर्सका साथमा ओपोले विश्वभरका प्रयोगकर्ताका लागि फाएभजीका उपयोगिता र सम्भावना अन्वेषणलाई पनि निरन्तरता दिँदै जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here