नेपाल एयरलाइन्सले पायो चीन उड्ने अनुमति

काठमाडौं, १९ मंसिर । नेपाल एयरलाइन्सलाई चीनले आफ्नो मुलुकमा उडानका लागि अनुमति दिएको छ ।

यसअघि हनेक बाहनामा अनुमति रोकेको चीनले अब भने अनुमति दिएको निगमका एक उच्च अधिकारीले जानकारी दिएका उनका अनुसार बुधबार औपचारिक पत्र प्राप्त भएको छ ।

अब आगामी फेब्रुअरीसम्म उडान शुरु गर्ने गरी उडानको मिति नेपाल एयरलाइन्सले सार्वजनिक गर्ने भएको छ । यात्रु नभएर रित्तो जहाज उडाउनु नपरोस भनी पर्याप्त तयारीपछि मात्र चीनमा मिति सार्वजनिक गरिने उनले बताए ।

चिनियाँ नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त भएको अनुमतिले नेपाल एयरलाइन्सलाई चीनका जुनसुकै शहरमा समेत जान पाउने ढोका खोलेको छ ।

नेपाल एयरलाइन्सले लामो समयदेखि चीन उडाउन खोजेपनि अनुमति नपाउँदा रोकिएको थियो । एक दशक अगाडी चीनको सांघाईमा ट्रान्जिट गरी नेपाल एयरलाइन्सको जहाज जापान उडेको थियो ।

त्यसबाहेक नेपाल एयरलाइन्सले चीनमा उडान बिस्तार गर्न सकेको छैन । चीनबाट भने अहिले पनि ५ वटा वायुसेवा कम्पनीले यात्रु ओसारिरहेका छन् ।

चीन भारतपछि सबैभन्दा बढी यात्रु आउने मुलुक हो । नेपालबाट हालै हिमालय एयरलाइन्सले उडान प्रारम्भ गरिसकेको छ । नेपाल एयरलाइन्स चीनको ग्वांझाउमा उडान गर्न खोजिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here