कबिताको अवस्था दिन प्रतिदिन नाजुग बन्दै,न्यायको लागि हारगुहार

पप्पु गुरुङ दोधारा,१९ मंसिर । माहाकालीका कबिता दमाईका परिवारजनले न्यायको लागि हारगुहार गरेका छन् ।

माहाकाली नगरपालिका वडा नं. ६ शान्ती टोल निवासी वर्ष अन्दाजी १५ का कबिता कुमारी दमाईलाई अन्दाजी २८ वर्षीय अर्जुन दमाई लगाएत समुहले कुटपिट गरेका थिए ।

कुटपिट पछि उनलाई दोधारा स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्याय पछि उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले रिफर गरेको थियो । उनको टाउको र पेटमा गम्भिर चोट लागेको छ ।

भारतको खटिमा स्थित रहेको एक निजी अस्पतालमा एक साताको उपचार पछि घर फर्किका कबिताको अवस्था दिनदिनै खराब बन्दै आएको उनका परिवारजनले बताएका छन् ।

सोमवार साँझ कबिताका दिदी कृष्णा दमाई संग अर्जुन दमाईको बिबाद पछि अर्जुन दमाईले एक समुह बोलाई कबिताका दिदी कृष्णा दमाईलाई कुटपिट गरेको देखेर आफ्नो दिदीलाई बचाउन पुगेका कबिता माथी समेत अर्जुन दमाई र उनका समुहले निर्घात कुटपिट गरि बेहोस बनाएको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।

‘बेलाबेलामा फोन गरेर अश्लिल भाषा प्रयोग गरेर गाली गर्ने गरेको कारण मलाई किन गाली गर्छस् भनेर सोध्न जादा समुहगतरुपमा अर्जुन र उनका समुहले मलाई र मेरी बहिनीलाई मरणासन्न गरि कुटपिट गरे’ कबिताका दिदी कृष्णा दमाईले भने ।

लठ्ठी र टर्चले कुटपिटमा कबिता र उनका दिदी कृष्णा बेहोस भएका हुन् । कुटपिट पछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको एक टोली घट्नास्थलमा पुगेको बताईएको छ । अर्जुन दमाई, कृष्णा दमाईका श्रीमती हुन् । केही वर्ष अघि उनिहरुको जिल्ला अदालत कञ्चनपुरमा सम्बन्ध बिच्छेद भएको हो ।

श्रीमानले अर्की श्रीमती ल्याएपछि श्रीमान संग सम्बन्ध बिच्छेद गरि अंश लिएको कृष्णाले बताएका छन् । सम्बन्ध बिच्छेदको बेला आफुले पाएको अंशको बिषयलाई लिएर आफुलाई समय समयमा मानसिक तनाव दिदै आएको कृष्णाले बताएका छन् ।

बिनासित्तै आफुलाई फोन गरेर र हिड्दा किन गाली गरेको सोध्दा आफु र आफ्नो बहिनी माथी उक्त समुहले निर्घात कुटपिट गरेको कृष्णाले बताएका छन् ।

आर्थिक अवस्था दयनिय रहेको कारण आफुहरुले कबिताको औषधी गर्न नसकेर अस्पतालबाट फिर्ता ल्याएको बताएका छन् । रातभरी कबिताले बान्ता गर्ने, खाना नखाने गरेको कारण अवस्था अझै दैनिय बन्दै गएको कबिताका परिवारजनको भनाई रहेको छ ।

कृष्णा दमाईले कबिताका औषधी उपचार संग दोषीलाई कार्वाहीको लागी सबै संग हारगुहार गर्न थालेका छन् । ‘कबिताको अवस्था निकै नाजुक बन्दै गएको छ्’ कृष्णा दमाईले भने । कबिताले पनि आफु खाना खान नसक्ने तथा रिंगटा मात्रै लाग्ने गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here