प्रधानमन्त्री ओली डिस्चार्ज, उपचारमा सकियो २ लाख ५४ हजार

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो डिस्चार्ज भएका छन् ।

एपेन्टिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पतालमा बसेर ओली बिहीबार दिउँसो बालुवाटार फर्किएका हुन् ।

महाराजगञ्जस्थित महमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज हुँदै मन्द मुस्कानसहित घर जान लागेको छोटो प्रतिक्रिया दिएका थिए ।

१० दिन अस्पताल बस्दा प्रधानमन्त्री ओलीको उपचार खर्च २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको अस्पताल स्रोतले जनाएको छ। प्रधानमन्त्रीको उपचारमा लागेको खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको छ।

एपेन्डिसाइटको शल्यक्रियापछि अस्पतालमा राखेरै प्रधानमन्त्री ओलीलाई आराम गराइएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिन विहीबारै अस्पतालमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत पुगेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here