१८ हजार वर्ष पहिले मरेको कुकुरको शरीर अझै सुरक्षित, उत्साहित वैज्ञानिक

साइवेरिया । कुनै जीवजन्तुको मृत शरीर कति समयसम्म सुरक्षित रहला ? गर्मी मौसममा हो भने केही घण्टामै मृत शरीर सड्न थाल्छ र त्यो हावा तथा माटोमा मिल्न थाल्छ ।

त्यसलाई किट पतंगले खान थाल्छ र नष्ट गर्छ । तर, साइबेरियामा एक कुकुरको मृत शरीर फेला परेको छ, जुन कुकुरको मृत्यु १८ हजार वर्ष पहिले नै भएको थियो ।

तर, उसको शरीरका सबै अंग सुरक्षित छन । यतिसम्मकी जीउको रौं समेत झरेको छैन । नाक, कान, दाँत अझै दुरुस्त छन् । यो रहस्यमय जीवको सुरक्षित शरीर फेला पारेका वैज्ञानिक भने निकै उत्साहित छन् ।

किनकी उनी अब आधुनिक कुकुरको उत्पत्तिका सम्बन्धका निकै धेरै अनुसन्धान गर्न सक्ने भएका छन् । वैज्ञानिकहरुका अनुसार यसको रुप भेडासँग पनि मिल्छ ।

तर, कुकुरको आकृतिसँग धेरै मिल्छ । त्यसकारण कतै भेडा र कुकुरको उत्पत्तिका बीच कुनै सम्बन्ध छ कि भन्ने सम्बन्धमा धेरै जानकारी मिल्न सक्नेछ ।

कुकुरको मृत शरीर साइबेरियाको हिउँ नै हिँउ जम्ने क्षेत्रमा फेला परेको हो । बीबीसीका अनुसार यस जनावरको मृत्यु जन्मिएको दुई महिना मै भएको पत्ता लागेको छ ।

बाह्रैमास हिउँ जम्ने क्षेत्रमा मरेका कारण यसको जिउ सुरक्षित रहन सफल भएको हो । वैज्ञानिकले यस जनावरको डीएनए टेस्टबाट अहिले अस्तित्वमा रहेका अन्य जीवसँग भने मेल नखाएको बताइएको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here