मेसीको कीर्तिमानी ह्याट्रिक, बार्सिलोनाको सानदार जित

स्पेन । कप्तान लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतमा बार्सिलोनाले रियल माल्लोर्कामाथि रवाफिलो जित निकालेको छ । स्पेनिस लालिगामा भएको खेलमा बार्सिलोनाले माल्लोर्कामाथि ५–२ गोल अन्तरको जित निकालेको हो ।

आइतबार बिहान भएको खेलमा लियोनल मेस्सीले ह्याट्रिक गरे । यो उनको लालिगामा मात्र ३५ औं ह्याट्रिक हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलमार्फत अग्रता लियो ।

१७औं मिनेटमा मेसीले टोलीका लागि दोस्रो गोल गरे । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल फर्काए । ४१औं मिनेटमा मेसीले नै अर्को उत्कृष्ट गोल गरे । ४३औं मिनेटमा स्वारेजको नाममा गोल थपियो ।

दोस्रो हाफमा ६४औं मिनेटमा अन्टे बुदिमिरले माल्लोर्काका लागि दोस्रो गोल गरे ।

सीले ८३औं मिनेटमा ह्याट्रिक गोल हाने । जितसँगै बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ ।

रियल मड्रिड समान खेलबाट समान ३४ अंकसहित दोस्रो स्थानमा छ। रियल गोल अन्तरमा बार्सिलोनाभन्दा पछाडी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here