रोनाल्डोलाई पछि पार्दै मेस्सी ‘ला लिगा’ मा सबैभन्दा धेरै ‘ह्याट्रिक’ गर्ने खेलाडी

एजेन्सी,२२ मंसिर । स्पेनिस ला लिगामा लियोनल मेस्सीले ह्याट्रिक गर्दा बार्सिलोना फराकिलो जित निकाल्न सफल भएको छ । ला लिगा अन्तर्गत आइतबार बिहान भएको खेलमा रियल माल्लोर्काविरुद्ध भएको खेलमा मेस्सीले ह्याट्रिक गरेका हुन् ।

खेलमा मेस्सीको ह्याट्रिक प्रेरित बारसिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको हो । ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

१७औं मिनेटमा मेस्सीले गोल गरी अग्रता दोब्बर बनाए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ मा ल्याएका थिए । ४१औं मिनेटमा मेस्सीले अर्को गोल गरी अग्रता पुनः बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्को गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरेका थिए । मेस्सीले ८३औं मिनेटमा ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५ औं ह्याट्रिक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here