रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ को उपाधि राम लिम्बुलाई

काठमाडौं । चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ को उपाधि राम लिम्बुले जितेका छन् । अन्तिम चारमा परेका चारमा सनिष श्रेष्ठ, विकास लिम्बु र आरिफ राउफलाई पछि पार्दै रामले ‘दि भ्वाइस अफ नेपाल’ गायन प्रतिस्पर्धा जितेका हुन् ।

काठमाडौंको पाँच तारे होटल हायातमा फाइनल कार्यक्रममा कोच प्रमोदको टिमका प्रतिस्पर्धी राम विजयी भएका हुन् । कोच प्रमोदले रामलाई टिम दिपबाट ‘स्टिल’ गरेका थिए।

उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् । उनले, विजेता बनेसँगै नगद पुरस्कारसहित कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ ।

यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो चर्चित रियालिटी ‘शो’ को टाइटल जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here