समुद्रमा अक्सिजन सकिँदै, समुद्री जीव संकटमा

काठमाडौं,२२ मंसिर । महासागरहरुमा अक्सिजनको कमी भएपछि समुद्री जीवहरु संकटमा परेका छन् ।

जलवायु परिवर्तन र खाद्य सम्बन्धी फोहोरका कारण समुद्रमा अक्सिजनको मात्रा कम हुँदै गएको र यसले माछाका विभिन्न प्रजातिहरु जोखिममा परेको वैज्ञानिकहरुले बताएका छन् ।

जलवायु परिवर्तनका कारण यो संकट चुलिएको दावी प्रकृतिका लागि काम गर्ने समूह आईयुसीयनले गरेको छ । जलवायु परिवर्तनकै कारण समुद्रमा अक्सिजनको कमी हुँदा माछालगायतका जीवहरु मर्ने खतरामा पुगेका हुन् ।

कारखाना र खेतीयोग्य जमिनबाट निस्केको नाइट्रोजन र फोस्फोरस जस्ता रसायनका कारण समुद्रमा रहेका जीवहरु संकटमा परेको उसको निष्कर्ष छ ।

हाल ७ सय वटा महासागरमा अक्सिजनको कमी भएको बताइएको छ । झण्डै सात सय समुद्री क्षेत्र अहिले अक्सिजन कमीको समस्यामा रहेका छन् । सन् १९६० को दशकमा यो संख्या ४५ थियो ।

अक्सिजनको कमीका कारण सबैभन्दा बढी जोखिममा टुना, मार्लिन र शार्कसहितका प्रजाति रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।

किसान तथा उद्योगहरुबाट निस्कने नाइट्रोजन तथा फसफोरसका कारण समुद्र बढी प्रभावित भएको छ । विशेष गरी तटीय क्षेत्रहरुमा यसका कारण अक्सिनको मात्रा अति कम हुँदै गएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here