नेपाल र बंगलादेशको फाइनल यात्राको टुङ्गो आज, के भए पुग्छ नेपाल फाइनलमा ?

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगीता अन्र्तरगत पुरुष फुटवलमा फाइनल पुग्न अब नेपालले बंगलादेशलाई हराउनुपर्ने वा कम्तीमा बराबरी नतिजा निकाल्नुपर्ने भएको छ ।

बंगलादेश विजयी रह्यो भने उसले फाइनल यात्रा गर्नेछ ।

अंकतालीका अनुसार नेपालको ७ अंक छ भने बंगलादेशसँग ४ अंक छ ।

बंगलादेश विजयी रहे, उसको पनि ७ अंक हुनेछ र ‘हेड–टु–हेड’ का आधारमा फाइनल पुग्नेछ ।

गोल अन्तरको कुनै भूमिका नरहने कारणले नेपाललाई कम्तीमा बराबरी आवश्यक भएको हो ।

खेल आज साँझ ५ः१५ मा दशरथ रंगशालामा हुँदैछ ।

यसअघी ४ खेलमध्ये ३ खेलमा जित निकाल्दै ९ अंक सहित भुटान फाइनलमा पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here