साग फुटवलमा नेपाललाई बङ्गलादेश विरुद्ध अग्रता

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पुरुष फुटवल अन्तर्रगत नेपालले बङ्गलादेश विरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ ।

दशरथ रंगशालामा भईरहेको समुह चरणको अन्तीम खेलमा नेपालका लागि जर्सी नम्बर ९ का खेलाडी सुनील बलले ११ औं मिनेटमा गोल गरेसंगै नेपालले अग्रता लिएको हो ।

फाइनलको लागि कम्तीमा बराबरी गर्नुपर्ने अवस्थामा नेपाल बङ्गलादेशसंग खेलिरहेको छ ।

फाइनल प्रवेश गर्ने टीम मंगलवार भुटान विरुद्ध खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here