अपराजित रहँदै नेपाल फाइनलमा

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत फुटवल खेलमा नेपाल शिर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ ।

आज भएको समुह चरणको अन्तीम खेलमा बङ्गलादेश १-० गोल अन्तरले पराजित भएसंगै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालका लागि खेलको ११ औ मिनेटमा सुनील बमले गरेको एकमात्र गोल खेलको निर्णायक गोल बन्न पुग्यो ।

नेपालले समहु चरणमा एउटा पनि खेल हारेन् । पहिले खेलमा भुटानलाई ४-०, दोस्रो खेलमा श्रीलंकासंग १-१ बराबरी, तेस्रो खेलमा माल्दिभ्स विरुद्ध २-१ र अन्तीम खेलमा बङ्गलादेश विरुद्ध १-० को नतिजा निकालेको नेपाल अपराजित हुँदै फाइनल प्रवेश गरेको हो ।

अब नेपालले फाईनल मंगलवार भुटान विरुद्ध खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here