६ वर्षिया बालिका विदेहाको पुस्तक विमोचन तथा पुनः एकल प्रदर्शनी (फोटोफिचर)

काठमाडौं । पाटन संग्रालयको केशव नारायण चोक प्रदर्शनी कक्ष ६ वर्षिया विदेहा रञ्जनको कला, पुस्तक वाचन तथा संगीत प्रस्तुतिले गुञ्जयमान रह्यो ।

प्रसिद्ध उपन्यासकार तथा लेखक पद्मावती सिंह विशेष आगन्तुक भई बालकृति सम्बन्धि विचार प्रस्तुत गरे ।

प्रकासोन्मुख ‘आई लाईक माई लाईफ’ विदेहा रञ्जनको दोस्रो पुस्तक हो । तीन वर्षको जन्मोत्सवमा नेपाल कला परिषद प्रदर्शनी कक्षमा उनको ‘अर्लि क्रिएसन्स्’ एकल कला प्रर्दशनी तथा कला पुस्तक विमोचन भएको थियो ।

विदेहाले शिक्षकविद, डाक्टर, अभिभावक, लेखक तथा पत्रकार समक्ष पुर्वेली परम्परामा बाँसुरी वादन, पाश्चात परम्परामा पियानो बादन, लेखाईमा नयाँ शिक्षा प्रयोग र आधुनिक अदभुत कला पेश गरिन् ।

पदमावती सिंहले कलिलो चार वर्षकै उमेरमा विदेहाद्वारा लेखिएको पुस्तक, बाँसुरी तथा पियानो वादन र कथा वाचन लाई “महत्वपूर्ण कार्य” नामान्करण गरी उनले भविष्यमा देशको नाम रोशन गर्नेछिन् भने ।

मुना बाल पत्रिकाको आवरणमा आइसकेकी विदेहाको मष्तिस्क फ्राइडे पत्रिकाले प्रचलित शिक्षा प्रणाली भित्रका बालबालिकाको भन्दा फरक छ भनेको छ । उनको कला न्यूयोर्कको नाईन्टी सेकेन्ड वाइको जिनियस प्रदर्शनीमा परेको छ ।

इसिप्याक्ट लग्जेमबर्ग नेपालको वार्षिक प्रतिवेदन तथा मुक्ति आयोजनाको न्युजलेटरको आवरण, जर्मन राजदुतावासको नेपालमा ६० औं वार्षिकोत्सव प्रकाशनको आईकन र यूएन वेमेनको पर्चाहरूमा उनको कला छापिएको छ ।

दैनिक पाठशाला जानु बाहेक विदेहा हस्पिसमा अतिसिकिस्त क्यान्सर विरामीहरूलाई संगीत सुनाउने गर्छिन् । शैक्षिक, साँस्कृतिक तथा सामुदायिक कार्यक्रममा कलात्मक योगदान दिने र हरेक शुक्रवार पाटन कुमारीसँग स्वयंसेवीको रूपमा पढलेख गर्ने गर्छिन् ।

उनको एकल कला प्रदर्शनी नेपाल कला परिषद्, नेपाल टुरिजम बोर्ड र पाटन म्यूजियममा सम्पन्न भएको छ । काठमाडौं उपत्यका तथा नेपालका विभिन्न ठाउँमा प्रस्तुत हुने कुरा उनका बुबा पल्लव रञ्जन तथा आमा भगवती सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here