कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा

काठमाडौं । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो ।

उक्त योजना अन्तर्गत मासिक किस्ता न्यूनतम ४८ हजार ३८० रुपैयाँ तिरेर कियाको स्पोर्टेज कार लिन सकिनेछ ।

शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार किन्न मूल्यको ५० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्छ । बाँकी रकम आठ वर्ष लगाएर किस्ताबन्दीमा तिर्न पाइनेछ । देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयुभी खरिद गर्दा पनि किस्ताबन्दी सुविधा पाइने कम्पनीको भनाइ छ ।

यो गाडी आधिकारिक वितरक कन्टिनेन्टलले कोरियाबाटै आयात गरेर नेपालमा बिक्री–वितरण गरिरहेको छ । राजधानी उपत्यकामा गैरीधारा, महाराजगन्ज र जावलाखेलमा कियाका आउटलेट छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन पर्याप्त मात्रामा सर्भिस सेन्टरको व्यवस्था गरेको छ, जहाँ दक्ष इन्जिनियरको निगरानीमा प्रशिक्षित प्राविधिकले सेवा दिन्छन् ।

अल ह्विल ड्राइभ स्पोर्टेज अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् । जीटी लाइन मोडलका यी कार कोरियाबाटै आयात गरिएको हो । कियाको ग्लोबल लाइनअपमा यो मिड साइज एसयुभी हो । पाँच सिटर यो गाडीले शहरी सडमा १९ देखि २३ किलोमिटर प्रति लिटर माइलेज दिन्छ भने हाईवेमा २४ देखि ३० किमी प्रति किमी माइलेज दिन्छ ।

यो गाडी दुबै डिजेल पेट्रोल भेरियन्टमा उपलब्ध छन् । किस्ताबन्दी योजना जनवरी १५ सम्मका लागि ल्याइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here