नयाँ परियोजनाको लागि एडिबीको ३५ करोड ८० लाख ऋण

काठमाडौं, २४ मंसिर । एसियाली विकास बैंक (एडीबी) ले ४ वटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ३५ करोड ८० लाख अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

बैंकले नेपाल सरकारका अधिकारीहरुसँग ३५८ मिलियन डलर (मंगलबारको विनिमयदर अनुसार ४० अर्ब ८१ करोड) सहुलियत दरको ऋण सहयोग गर्ने समझदारी गरेको हो।

ऋण सहयोगसम्बन्धी सम्झौतामा मंगलबार नेपाल सरकारका तर्फबाट अर्थसचिव डा। राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरेका छन्।

बैंकलेउक्त बैंकले पोखरा–मुग्लिन सडकखण्ड मर्मतको लागि १ करोड ९५ लाख (१९५ मिलियन), बाग्मती नदीमा बाढी नियन्त्रण र सरसफाईको लागि ६३ लाख (६३ मिलियन), साना किसानको आय स्रोत र जिवनस्तर उकास्न ५० लाख (५० मिलियन) र खाद्य सुरक्षा र कृषिस्तर उन्नतीको लागि (५० लाख) ५० मिलियन ऋण दिएको हो।

त्यस अवसरमा देशीय निर्देशक खामुदखानोभले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति एडीबीले उल्लेख्य मात्रामा सहायता रकम वृद्धि गरेको बताउँदै त्यसले बैंक र नेपाल सरकारबीचको साझेदारी एवं सहकार्यलाई उजागर गर्नेछ ।

सचिव खनालले नेपालको अर्थतन्त्रको उन्नयन, भौतिक पूर्वाधार निर्माण, कृषि तथा ग्रामीण क्षेत्रका आर्थिक विकासमा एडीबीले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here