११ सय शाखा अधिकृतमा जागिरको अवसर

काठमाडौं,२५ मंसिर । लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरको छ ।

प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त शाखा अधिकृत पदमा पदपूर्तिका लागि आयोगमा माग पठाएसँगै नियमित कार्यतालिका अनुसार बुधबार विज्ञापन आह्वान गरेको हो ।

यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ ।

सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति गरिने छ ।

यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।

यसैगरी राजस्वतर्फ ६९ माग भएकोमा २० बढुवाका लागि २७ खुला, ८ महिला, ५ आदिवासी जनजाति, ५ मधेसी, २ दलित १ अपांग र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।

लेखातर्फ ३० जना माग भएकोमा ९ बढुवाका लागि १२ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित १ र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।

लेखा परीक्षणतर्फ ४२ माग भएकोमा १३ बढुवाका लागि १६ खुला, ४ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।

परराष्ट्रमा ४ माग भएकोमा १ बढुवाका लागि २ खुला र १ महिलाका लागि विज्ञापन खुलाइएको छ । न्यायतर्फ २९० माग भएकोमा ८५ बढुवाका लागि १०९ खुला, २९ महिला, २४ आदिवासी जनजाति, २४ मधेसी, १० दलित ५ अपांग र ४ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।

कानुनतर्फ ४९ माग भएकोमा १५ बढुवाका लागि १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ४ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ ।
सरकारी वकिलतर्फ २४ माग भई आएकोमा ८ बढुवाका लागि ८ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।

त्यस्तै, व्यवस्थापिका संसद्तर्फ २८ माग भएकोमा ६ बढुवा ३ आन्तरिक प्रतियोगिता १० खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ ।

कुल विज्ञापन आह्वान –१०९६
सामान्य प्रशासन –५६०
राजस्व–६९
लेखा–३०
लेखापरीक्षण–४२
परराष्ट्र–४
न्याय–२९०
कानुन–४९
सरकारी वकिल–२४
व्यवस्थापिका संसद्–२८

आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद आगामी पुस २९ गतेसम्म छ । खुल्ला तथा समावेसी पदमा प्रतिस्पर्धा गर्नेहरुका लागि भने पुस १५ गतेसम्म म्याद दिइएको छ । दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति भने २२ पुससम्म तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here