अमेरिकामा गोली हानाहान: प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् ।

घटनामा दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो ।

उक्त घटनामा कसको संलग्नता रहेको छ त्यसबारे भने उल्लेख गराइएको छैन ।

मिडिया रिपोर्टका अनुसार आतंकवादी आक्रमण हुनसक्ने बताइएको छ । मारिने प्रहरीको पहिचान भने खुलेको छ । उनी ३९ वर्षीय जोसेफ सिल्स रहेको बताइएको छ ।

मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थालेपछि हाइअलर्ट भएको प्रहरीले उक्त घटनालाई नियन्त्रणमा लिन प्रयास गरेको थियो । ती बन्दुकधारीलाई पक्राउ गर्ने क्रममा ती प्रहरी अधिकारी मारिन पुगे । यस घटना पछि अमेरिकामा सुरक्षास्थिति मजबुत पारिएको छ भने अनुसन्धानलाई तिब्रता दिइएको छ ।

प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन नसक्ने तर्क गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here