सृजना बचत तथा ऋण सहकारी संस्थाको ४ लाख चोरी

दोधारा,२५ मंसिर । माहाकाली नगरपालिकाको एक सहकारीमा चोरी भएको छ् । माहाकाली नगरपालिका वडा नं. ४, महाकाली झोलुङ्गे पुल स्थित रहेको सृजना बचत तथा ऋण सहकारी संस्थाको ४ लाख नगद चोरी भएको सृजना बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ् ।

कार्यालयको पछाडीको भागबाट पर्खाल नाघेर आएकाहरुले भ्यान्टिलेसनको जाली तोडेर भित्र प्रबेश गरेका हुन् । कार्यालय भित्र रहेको कागजात लथालिङ्ग रहेको र जडान गरिएको सिसीटिभी क्यामेर समेत लथालिङ्ग अवस्थामा बिहान कार्यालय खोल्दा सहकारीका कर्मचारीहरुले देखेका थिए ।

दराजमा रहेको नगद रकम रु. ४ लाख चोरी भएको सृजना बचत तथा ऋण सहकारी संस्था माहाकालीका अध्यक्ष दमन बहादुर सिंहले जानकारी दिएका छन् । चोरी मध्यरातमा भएको हुनसक्ने आंकलन गरिएको छ् । रातीको समयमा कार्यालयको पछाडीको भागबाट समुहगतरुपमा आएका चोरहरुले पर्खाल नाघेर आएको प्रारम्भिक अनुसन्धानमा फेला परेको छ् ।

भ्यान्टिलेसनको जाली तोडेको स्थानमा सेतो कपडा (चुन्नी) फेला परेको कारण चोरहरुले मुखमा कपडा बाधेर चोरी गरेको हुनसक्ने बताईएको छ् । चोरीमा प्रयोग भएको कपडा (चुन्नी) र पेचकस प्रहरीले नियन्त्रणमा लिएको छ् ।

भ्यान्टिलेसनको जाली तोड्दा नजिकै रहेको फलामको पाईप प्रयोग गरिएको छ् । आज बिहान सहकारीका कर्मचारीले कार्यालय खोल्दा सहकारी कार्यालयमा चोरी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई खबर गरेका थिए ।

प्रहरीले चोरीमा प्रयोग गरिएका समान तथा घट्ना मुचुल्का तयार पारेका छन् । प्रहरीले कार्यालयमा रहेको सिसिक्यामेराको हार्डडिष्क, घट्नास्थलमा संकलन भएको प्रमाण परिक्षणको लागी फरन्सीक ल्यावमा पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई रबिन्द्र बहादुर धनुषेले बताएका छन् ।

मध्यरातको समयमा सहकारीका भवनको भ्यान्टिलेसनबाट प्रबेश गरेर दराजमा रहेको नगद पैसा चोरी भएको ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ् । घट्नाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरुको खोजी भईरहे पनि पहिचान हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here