पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं,२५ मंसिर । पोखरा प्रिमियर लिग (पीपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

दोस्रो संस्करण मंसिर २८ देखि पुस १२ सम्म पोखरा रंगशालामा चल्ने आयोजकले जनाएको छ । बुधबार सार्वजनिक भएको तालिका अनुसार उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्ने छ ।

सिंगल राउण्ड रोबिनको आधारमा सञ्‍चालन हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छन् ।

खेल तालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here