बुद्ध एयरले सिमारामा थप्यो र्‍याम्प सुविधा

काठमाडौं,२५ मंसिर । बुद्ध एयरले सिमारा विमानस्थलमा नयाँ र्‍याम्प सुविधा थपेको छ । अब आन्तरिक उडानका यात्रुले पनि र्‍याम्प प्रयोग गरी जहाजबाट सुरक्षित रुपमा चढ्न र झर्न सक्ने भएका छन् ।

आन्तरिक उडानका जहाजहरुले यात्रु चढाउँदा र ओराल्दा केवल जहाजमै जडित सानो भर्‍याङबाट काम चलाइरहेका थिए ।

अन्तर्राष्ट्रिय उडानमा त्रिभुवन विमानस्थलमा र्‍याम्पको प्रयोग हुन्छ । यसको व्यवस्थापन नेपाल एयरलाइन्सले गर्दै आएका छ । तर, आन्तरिक उडानमा भने यसको प्रयोग भएको थिएन ।

सानो भर्‍याङमा निकै मुस्किलसँग चढ्नु र ओर्लनु पर्ने बाध्यतालाई बुद्धले हटाएको छ । कम्पनीका अनुसार यस्तो सुविधा क्रमशः देशका अन्य आन्तरिक विमानस्थलमा समेत बिस्तारको योजना रहेको छ ।

अहिले देशभर ५० हाराहारी विमानस्थल रहेका छन् । त्यसमध्ये ३२ वटा मात्र संचालनमा छन् । संचालनमा रहेका मध्ये पनि तराईका सबै विमानस्थल व्यस्त छन् ।

यस सुविधाले खासगरी वृद्धवृद्धा, अपांगता भएका नागरिकलाई निकै सहज हुने बुद्ध एयरको भनाई रहेको छ । यस अघि भैरहवामा नयाँ र्‍याम्प सुविधा थपेको थियो ।

बुद्ध एयरले भैरहवामा थप्यो र्‍याम्प,सबै विमानस्थलमा बिस्तार गरिने

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here