दोहोरो अंकले बढ्यो नेप्से, ५५ करोडको कारोबार

काठमाडौं, २५ मंसिर । बुधवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १०.११ अंकले बढेर १ हजार १ सय ६१.४७ अंकमा पुगेको छ । यो संख्या मंगलवारको तुलनामा ०.८८ प्रतिशत बढी हो ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स १.६९ अंकले बढ्यो ।

बुधवार उत्पादन समुह बाहेक अन्य सबै समुहको सूचक बढ्यो । उत्पादनको सूचक १.३५ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ५.९० प्रतिशत बढ्ययो । त्यस्तै, लघुवित्त समुहको ३.५४ प्रतिशत, निर्जीवन बिमा समुहको २.६६ प्रतिशत, जीवन बिमा समुहको १.४६ प्रतिशत, होटल समुहको १.२५ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

बुधवार १ सय ७३ कम्पनीको २० लाख ४३ हजार ६ सय ५ कित्ता शेयर किनबेच हुँदा ५५ करोड १३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै नेपाल शिव लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । नेपाल शिवको शेयर मूल्य ९.९८ प्रतिशत बढ्यो । त्यस्तै डिप्रोस लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनिलिभर नेपाल लिमीटेडका शेयर धनी छन् । यूनिलिभरको शेयर मूल्य ३.९५ प्रतिशत घट्यो । त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ३.८९ प्रतिशत, नेपाल बङ्गलादेश बैंकको ३.३८ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार नेपाल बङ्गलादेश बैंककले गरेको छ । बैंकले ६ करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here