चिसो मौसममा हरियो लसुन खानुका फाइदाहरु

काठमाडौं । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी अनेक रोगहरुलाई पनि हटाउँछ । लसुनको पोटी मात्र होइन हरियो पात पनि निकै नै फाईदा जनक छ ।

स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुण छन् । चिसो मौसम खानपानको लागि गर्मी मौसमको तुलनामा राम्रो मानिन्छ । यस मौसममा पाचन प्रकृयामा कुनै प्रकारको समस्या आउदैन् भन्ने धारण पनि पाइन्छ ।

खासगरी चिसो मौसममा विभिन्न प्रकारका तरकारीहरु बजारमा पाईन्छ । त्यस्तै तरकारी मध्येको एक तरकारी हो हरियो लसुन । चिसो मौसममा हरियो लसुन खानु हाम्रो शरीरको लागि फाइदाजनक मानिन्छ ।

यसमा हुने प्रोटिन, भिटामीन तथा अन्य प्रकारका प्रकारका पौष्टिक तत्त्वले मानव शरीरलाई बलियो बनाई राख्नमा सहयोग गर्छ ।

यस्ता छन् चिसो मौसममा हरियो लसुन खानुका फाईदाः

ब्लड सुगर नियन्त्रण

ब्लड सुगर नियन्त्रणको लागि हरियो लसुन निकै राम्रो मानिन्छ । खासगरी मधुमेह र ब्लड सुगरका विरामीको लागि हरियो लसुनले औषधीको रुपमा काम गर्छ ।

स्वासप्रश्वासमा सहयोग

स्वासप्रश्वास सम्बन्धी समस्या भएका मानसहरुको लागि पनि हरियो लसुन राम्रो मानिन्छ । यसले स्वास प्रणलीको कामलाई राम्रो बनाउछ ।

आइरनको स्रोत

हरियो लसुनमा भएको केशीकामा भरपुर मात्रामा आइरन पाईन्छ । जसले शरीलाईलाई बलियो बनाउन सहयोग गर्छ ।

मस्तिष्कमा रक्तसञ्चार

मस्तिष्कमा रक्तसञ्चारलाई चुस्त दुरुस्त बनाउनको लागि हरियो लसुन उपयुक्त मानिन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here