लेखापरीक्षण जवाफदेहिता अभिवृद्धिमा जोड

काठमाडौँ, २५ मंसिर । सर्वोच्च लेखापरीक्षण संस्थाले गर्ने लेखापरीक्षण तथा लेखापरीक्षण प्रतिवेदनले औँल्याएका सुझावको कार्यान्वयनमा सरोकारवालाले ध्यान दिनुपर्ने राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् ।

महालेखापरीक्षकको कार्यालय र इन्टरनेशनल बजेट पार्टनशिपको संयुक्त आयोजनामा लेखापरीक्षण जवाफदेहिता अभिवृद्धि (एड्भान्सिंग अडिट रेस्पोन्सिबिलिटी विषयक दुई दिने कार्यक्रम बुधबार काठमाडौँमा सुरु भएको छ ।

उद्घाटन समारोहलाई महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझावको कार्यान्वयनमा सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए ।

महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले भूकम्पपश्चात्को पुननिर्माणको लेखापरीक्षण र सो को प्रमुख व्यहोरा तथा सुझावका सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।

विभिन्न चारवटा देशका सर्वोच्च लेखापरीक्षण संस्था, नागरिक समाज,सञ्चारमाध्यमका प्रतिनिधि गरी ६० जना सहभागी कार्यक्रममा विभिन्न देशका प्रतिनिधिले आफ्नो देशमा नागरिक सहभागितामूलक लेखापरीक्षण र लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन अवस्था तथा चुनौतिबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा समूह छलफलका माध्यमबाट सहभागीबीच अनुभव आदान प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here