एक सीइओ : जसले तलव मात्र बुझ्छन् वार्षिक २७ करोड २० लाख

नयाँ दिल्ली, २६ मंसिर । पछिल्ला केही वर्षयता भारतमा आर्थिक मन्दी छाएको छ । सवारी साधनको बिक्रि घटेको छ । आम मानिसको दैनिकी कठिन बन्दै गएको छ ।

महंगीले उचाई छोएको छ । कृषकले भाउ पाएका छैनन् । तर, भारतमै केही यस्ता जागिरे छन्, जसले वार्षिक तलव मात्र १७ करोड भारतीय रुपैयाँ (करीव २७ करोड २० लाख रुपैयाँ) बुझ्ने गरेका छन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार मिलियन डलर सीइओको सूचीमा सबैभन्दा अग्रस्थानमा रहेका इन्फोसिस इण्डियाका सीइओ सलील पारेखको वार्षिक तलव १७ करोड भारु रहेको छ ।

यो मिलियन डलर सीइओ क्लवमा पर्ने सिइओमध्ये सबैभन्दा बढी हो ।

तथ्यांक अनुसार मिलियन डलर क्लव सीइओ (वार्षिक ७ करोड भारुभन्दा बढी आम्दानी हुने) मा पर्ने सीइओको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ ।

सन् २०१९ मा मात्र २२ जना नयाँ सीइओ मिलियन डलरमा क्लव भित्र पर्न सफल भएका छन् । अब भारतभर वार्षिक ७ करोड भारुभन्दा बढी आम्दानी गर्ने सीइओको संख्या कूल १ सय ४६ जना पुगेको छ ।

यो सीइओको तलव मात्र हो । यसमा मालिकले गर्ने आम्दानीको विषय समावेश छैन । कम्पनीमा काम गर्ने कामदार, जो सबैभन्दा माथिल्लो पदमा कार्यरत हुन्छ । उसको मात्र तलवको हिसाव गरिएको छ ।

सन् २०१६ मा मिलियन डलर क्लवमा १ सय १६ जना मात्र सीइओ थिए । अहिले हरेक वर्ष यो संख्या निरन्तर बढ्दो क्रममा रहेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here