आर्कश गु्रपद्धारा तिब्बतको छयाङ्ग नेपाली बजारमा

काठमाडौं, २६ मंसिर । आकर्श गु्रपले तारागोब तिबेत छयाङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्ली छाङ्ग उपभोक्ता माझँ बजारमा ल्याएको छ ।

बार्ली छयाङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्रार्थमिकताको आधारमा बिशिष्ट स्वाँदको उत्पादन बजारमा ल्याएको कम्पनीले बताएको छ ।

तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छयाङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाँद अनुसार रहेको छ ।

३५० एम. एल.को क्यानमा पाईने यो १.५५ अल्कोहल रहेको छयाङ्गको १२५ रुपैयाँ र १०५ अल्कोहल रहेको छयाङ्गको २२५ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिना देखि बिक्री बितरण सुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै सुरु हुने छ आर्कश गु्रपले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here