हानिकारक हुँदा पनि किन खान्छन् मानिसहरु खुर्सानी ? कुन देशमा खान्छन् धेरै ?

काठमाडौं । पिरो हाम्रो खानालाई थप स्वादिष्ट र मिठो बनाउनको लागि सहयोग गर्छ । लाखौं अझै भन्नुपर्दा करोडौ मानिसहरु पिरो खाना खान मन पराउछन् ।

पिरोको कारण पानी खान परोस वा पेट नै खराब किन नहोस् पिरो त खानामा समावेश भएकै हुन्छ ।

सन् २०१७ र २०१८ को विचमा मात्रै झण्डै ३७ अर्ब रुपैयाँ बराबरको हरियो खुर्सानी उत्पादन भएको थियो ।

मार्केट एनालेसिस फर्म इन्डेक्स बक्सको तथ्यांक अनुसार अघिल्लो वर्ष हरेक एक मानिसले झण्डै ५ किलो खुर्सानी खाएका थिए ।

कुनै कुनै देशमा त मानिसहरु सबैभन्दा धेरै मात्रामा खुर्सानी खाने गर्छन् । विश्वका सबैभन्दा धेरै खुर्सानी खाने मानिसहरु तुर्किमिनीस्तान देशका हुन् । यहाँका मानिसहरु दैनिक ८६.५ ग्राम खुर्सानी खाने गर्छन् ।

दोस्रो नम्बरमा धेरै खुर्सानी खाने देशमा मेक्सीको रहेको छ । मेक्सीकोमा एक मानिस दैनिक ५०.९५ ग्राम खुर्सानी खान्छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here