सातामा ३७ अंक बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

काठमाडौं, २७ मंसिर । यो साता सबै कारोबार दिन नेप्से बढ्यो । अघिल्ला सातामा घट्दो प्रवृतिमा रहेको नेप्से यो साताभर उकालो लागेको हो । पाँच दिनको अवधिमा नेप्से ३७.२८ अंकले बढेको छ । आइतबार १ हजार १ सय ३५.३७ अंकमा रहेको नेप्से बिहीबार १ हजार १ सय ७२.६४ अंक पुगेको छ । सबै कारोबार दिनमा नेप्से बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।

साताभर करिब साढे ३६ हजार कारोबारबाट १ सय ९० कम्पनीका ८२ लाख ४६ हजार कित्ता सेयर किनबेच भयो । ती किनबेचमा २ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो साताको तुलनामा कारोबार रकम साढे ३ प्रतिशतले बढी हो ।

यो साता हरेक दिन जसो परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतवार २८ करोड ७५ लाख २७ हजार रुपैयाँको कारोबार भएको नेप्सेमा सोमवार ४६ करोड ४२ लाख २० हजार रुपैयाँको कारोबार भयो ।

मंगलवार कारोबार रकम बढेर ५० करोड ३ लाख २८ हजार पुग्यो । कारोबार रकम बढ्ने क्रम बुधबार र बिहीबार पनि जारी रहयो । जसमध्ये बुधवार ५५ करोड १३ लाख ७७ हजार र बिहीबार ७६ करोड ४० लाख २५ हजार रुपैयाँको कारोबार भएको नेप्सेको तथ्यांक छ ।

यो साता उत्पादन तथा प्रशोधन बाहेक सबै उपसमूहको परिसूचक बढे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here