बीमा कम्पनीले घुम्ती सेवा चलाउन पाउने, लघुबीमालाई प्राथमिकता दिन निर्देशन

काठमाडौं २७, मंसिर । बीमा कम्पनीले घुम्ती सेवा सञ्चालन गर्न पाउने भएका छन् । बीमा समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा निर्देशिका २०७६’ जारी गरेपछि कम्पनीलाई यस्तो बाटो खुलेको हो । निर्देशिका जारी भएपछि व्यवसायका सञ्चालनका लागी बीमा कम्पनीलाई शाखा नै बिस्तार गर्नु पर्ने वाध्यता हटेको हो ।

ग्रामिण क्षेत्रमा कृषि तथा पशुपन्छी बीमाको दायरा विस्तार गर्ने उद्देश्यले बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई जिल्ला तोकेर शाखा विस्तार गर्न निर्देशन दिएको थियो । अब भने कम्पनीले शाखा नखोली घुम्ती सेवा मार्फत बीमा व्यवसाय गर्न पाउने छन् ।

यसअघि समितिले शाखा बिस्तार गर्न तोकिएको क्षेत्रमा भने अनिवार्य रुपमा नै शाखा रहित घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिएको छ । घुम्ती बीमा सेवा निर्देशिका अनुसार बीमा कम्पनीले बीमा समितिबाट स्वीकृत भएको बीमा लेख मात्र बिक्री गर्न पाउनेछन् ।

जस अन्तरर्गत सावधिक जीवन बीमा, म्यादी बीमा, लघु बीमा, कृषि बीमा, दुर्घटना बीमा र ५० लाख रुपैयाँसम्मको घर बीमा गर्न पाउनेछन् ।
घुम्ती कार्यक्रम बीमा कम्पनीले गाँउपालिकामा मात्र सञ्चालन गर्न पाउने भएता पनि जीवन बीमा कम्पनीले भने महानगरपालिका वा उपमहानगरपालिका भित्रका रहका सीमावर्ती क्षेत्रमा भने घुम्ती बीमा सेवा उपलब्ध गराउन पाउने छन् ।

निर्देशिका अनुसार कम्पनीले ५ लाखभन्दा बढीको बीमा गराउन पाउदैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here