धनुषामा बम विस्फोट, प्रहरी अधिकृतसहित तीन जनाको मृत्यु

सांकेतिक तस्वीर

जनकपुर, २८ मंसिर । धनुषाको छिरेश्वरनाथ नगरपालिका, ५ महेन्द्रनगर बजार नजिकै भएको बम विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ । विस्फोटमा परी एक प्रहरी अधिकृतसहित अन्य दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एकै परिवारका दुई जना रहेका छन् । प्रहरीका अनुसार घटनामा परी तीन जना घाइते भएका छन् । स्थानिय कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा बम राखिएको थियो ।

बम १२ बजेतिर विष्फोट प्रहरीले जनाएको छ । विस्फोटमा परी राजेश साह र उनका छोरा आनन्दको घटनास्थल मै मृत्यु भएको र प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

३ जना घाइते छन् । उनीहरुको जनकपुर प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भइरहेको छ ।

उक्त घरमा बम रहेको हल्लापछि घटनास्थलमा प्रहरी निरीक्षक दाहाल नेतृत्वको टोली खटिएको थियो । टोलीले स्थानीयको भीड हटाउँदा हटाउँदै बम विस्फोट भएपछि प्रहरीसमेत घटनामा परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here