जमैकन टोनी बनिन् विश्व सुन्दरी, नेपाली सुन्दरी टप १२ मा

लण्डन, २९ मंसिर । जमैकन सुन्दरी टोनी एन सिंहले मिस वर्ल्ड उपाधी जितेकी छिन् ।

कूल १११ देशका सुन्दरी सहभागी भएको प्रतियोगितामा क्रिकेट र क्रिस गेलसम्बन्धी फाइनल प्रश्नको जवाफबाट सन्तुष्ट निर्णायकले उनलाई विजेता घोषित गरे ।

यस पटक विश्व सुन्दरीको ६१ औं संस्करण शनिबार राती सम्पन्न भएको हो । प्रतियोगीताको फस्ट रनरअप फ्रान्स र सेकेन्ड रनरअप भारतको पोल्टामा पर्यो । प्रतियागिता बेलायतमा सम्पन्न भएको हो ।

नेपाली सुन्दरी अनुष्का श्रेष्ठले समेत यस प्रतियोगितामा आफूलाई अब्बल सावित गर्न सफल भईन् । उनी टप १२ बाट बाहिरिएकी छिन् ।

यद्दपी उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पार्दै नेपाललाई विश्व मञ्चमा चिनाउन भूमिका खेलेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here