सिन्धुपाल्चोक दुर्घटना : १३ जनाको मृत्यु, १८ घाइते (अपडेट)

सिन्धुपाल्चोक,२९ मंसिर । दोलखाको कालिन्चोकबाट छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ ।

कालिञ्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो ।

अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकखण्डको ६ किलो भन्ने ठाउँमा आइतबार बिहान बस पल्टिँदा १३ जनाको ज्यान गएको र १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

अहिले उद्धारको काम भैरहेको र घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here