रौतहटको चन्द्रनिगाहपुरमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

काठमाडौं, २९ मंसिर । अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ ।

नव स्थापित महिन्द्रा अटोमोबाइल्सका विभिन्न श्रृङ्खलाका सवारी साधन र ट्रयाक्टरहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुमको मंसीर २७ गते शुक्रबार उद्घाटन भयो ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा रौतहट र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ थ्रीएस शोरुम स्थापना गरिएको कम्पनीको दाबी छ ।

यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने कम्पनीले बताएको छ ।

अग्नि ग्रुपका स्थानीय विक्रेता स्नेहा मोटो कर्प चन्द्रनिगाहपुर, रौतहटका प्रबन्ध निर्देशक मुकेशकुमार शाहका अनुसार शोरुमा महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभी, पिकअप र ट्रयाक्टरहरू कम्पनीका प्रमुख उत्पादनका रूपमा रहने छन् भने शोरुमले सर्भिसिङका अलवा महिन्द्राका सवारी साधनहरू र ट्रयाक्टरहरूका लागि सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here