नाइट सफारी पार्क महानगरकै सक्रियतामा, पर्यटन वोर्ड सल्लाहकार

काठमाडौं, २९ मंसिर । चितवनको रामनगरदेखि दियालो बंगलासम्म बनाईने ‘नाइट सफारी पार्क’ भरतपुर महानगरपालिकाकै सक्रियतामा बन्ने भएको छ ।

सन्ध्याकालीन पर्यटकीय गतिविधि बृद्धि गर्न बनाउन लागिएको पार्क निमार्णका लागि महानगरले नै सक्रियता देखाएसँगै नेपाल पर्यटन वोर्ड सल्लाहकारको रुपमा रहने भएको छ ।

पर्यटन बोर्डको सक्रियतामा बनाउने भनिएको नाइट सफारी पार्क महानगरले नै आफ्नै बजेटमा निर्माण गर्न लागेको पर्यटन बोर्डका सूचना अघिकारी मणिराज लामिछानेले बताए ।

‘जसले बनाए पनि त्यसको प्रमुख लक्ष्य पर्यटकलाई सत्कार गर्ने नै हो’ उनले भने, ‘यसमा स्थानिय निकायले नै बनाउँछ भन्छ भने त्यो त झनै राम्रो हो, स्थानिय बजेट खर्च भएपछि सुरक्षाको साथै अन्य विभिन्न कोणबाट पनि त्यो सुरक्षित हुन्छ ।’

पार्क’ निमार्णको लागि महानगरले नै सक्रियता देखाएसँगै आफ्नो बजेटमा पनि यस योजना पारेपछि पर्यटन बोर्डको काम एक सल्लाहकारको रुपमा मात्रै रहेको छ लामिछाने भने ।

‘हाम्रो काम नै एक सल्लाहकारको भूमिका निर्वाह गर्नु हो’ उनले भने, ‘यो योजनाको लागि महानगरले पनि बजेट विनियोजन गरिसकेको छ, यसमा हामी उहाँहरुलाई आवश्यक सबै प्रकारको सहयोग गर्न तयार छौं ।’

पर्यटन बोर्डले चितवनको रामनगर, देवघाट लगायत दियालो बंगलासम्म बनाउने भनेर प्रस्ताव गरेको ‘नाइट सफारी पार्क’ निर्माण को लागि २५ लाख रुपैयाँ बजेट विनियोजन पनि गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here