राष्ट्रका लागि महत्वपूर्ण बैंक छान्दै राष्ट्र बैंक

काठमाडौं ३०, मंसिर । राष्ट्र बैंकले मुलुकका लागि महत्वपूर्ण बैंक छान्ने भएको छ । जस्तो सुकै परिस्थितिमा पनि अर्थतन्त्रका लागि आवश्यक पर्ने बैंक छान्न लागिएको हो ।

सञ्चालनमा रहेका मध्येबाट ७ वटालाई प्रणालीगत रुपमा महत्वपूर्ण बैंक छनौट गरिने राष्ट्र बैंकले जनाएको छ । विश्वमा हरेक राष्ट्रले आफ्नो राष्ट्रका लागि प्रणालीगत रुपमा महत्वपूर्ण बैंक छनौट गरेका हुन्छन ।

त्यही अभ्यासका आधारमा राष्ट्र बैंकले पनि अर्थतन्त्रका लागि महत्वपूर्ण बैंक छनौट गर्न लागेको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले उक्त घोषणा गरेको हो । यसकालागि राष्ट्र बैंकले ती बैंकको निमयन र सुपरिवेक्षण निर्देशिका बनाउँदै छ ।

सुरुमा प्रणालीगत रुपमा महत्वपूर्ण बैंक छनौट गरिने छ । त्यसपछि ती बैंकको नियमन तथा सुरपरिवेक्षणका लागि नीतिगत व्यवस्था गरिने स्रोतले बताएको छ । ‘भएमामध्येबाट ६ देखि ७ वटासम्म महत्वपूर्ण बैंक छनौट गछौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘छनौटको विधि, मापदण्ड, प्रक्रिया र नियमन तथा सुपरिवेक्षण मस्यौदा तयार गर्ने काम भएको छ ।’

‘प्रणालीगतरुपमा महत्वपूर्ण बैंक नियमन तथा सुपरिवेक्षणका लागि मस्यौदा तयारी प्रक्रियामा रहेको छ,’ स्रोतले भन्यो । जनताबाट आउने गुनासो सुनुवाईलाई प्रभावकारी वनाउने पनि राष्ट्र बैंकले बताएको छ ।

यसका लागि बैंकमा रहेको गुनासो सुनुवाई इकाईलाई वित्तीय ग्राहक संरक्षण इकाईको रुपमा रुपान्तरण गरिएको जनाइएको छ । हाल नेपालमा २७ वाणिज्य बैंक, २५ विकास बैंक र २२ फाइनान्स कम्पनी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here