मापदण्ड पूरा नगर्ने ८ उद्योगमाथि कारवाही,कुन-कुन परे ?

काठमाडौं, ३० मंसिर । यस वर्ष विभिन्न ८ उद्योगका प्रोपाइटरलाई खाद्य ऐन अनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित ४ वटा तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही गरिने भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले मापदण्ड पालना नगर्ने ती उद्योग उपर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन् ।

काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई दोषी प्रमाणित गरेमा जनही ५० हजार रुपैयाँ जरिवना र ५ वर्षसम्म जेल सजाय हुने जानकारी पनि उनले दिइन् ।

यस वर्ष विभिन्न खाद्यान्नको ९२५ नमूना संकलन भएकोमा ४६४ नमूनाहरुको परीक्षण प्रतिवेदन अनुसार ६१ उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ । जसमध्ये २९ दूषित रहेको, २४ न्यून गुणस्तर तथा ८ खाद्य ऐन नियमको प्रावधान अनुसार नपाइएकाले उनीहरुलाई कारवाही गर्न प्रक्रिया अगाडि बढाइएको हो ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here