बाघचाललाई राष्ट्रिय खेलकुदमा समावेश गर्न माग

काठमाडौं, ३० मंसिर । मौलिक जरोकिलो पार्टीले बाघचाललाई राष्ट्रिय खेलकुदमा समावेश गर्न माग गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेतालाई बधाई दिदै मौलिक जरोकिलो पार्टी, खेलकुद विभाग संयोजक प्रबिण बस्नेतले एक विज्ञप्ती जारी गर्दै बाघचाललाई पनि राष्ट्रिय खेलकुदमा समेट्न माग गरेका हुन् ।

उनले नेपालको खेल क्षेत्रको विकासको निम्ति दीर्घकालीन योजना निर्माण गर्न सरकारको ध्यान आकर्षण गराएका छन् । ‘खेलाडी राष्ट्रका ब्राण्ड एम्बास्डर्स हुने भएता पनि नेपालमा अझै पनि खेल खेलेरै जीवन निर्वाह गर्न सकिने वातावरण निर्माण गर्न नसकिएको बताए ।

‘सरकारी निकायका साथसाथै नेपालका निजी क्षेत्रले पनि व्यवसायको सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाली खेलाडीहरुलाई ब्राण्ड एम्बास्डर्स बनाउने, खेल गतिविधि बढाउने र मेडल जितेर नेपालको प्रतिष्ठा बढाएका खेलाडीहरुलाई उत्पादन तथा सेवाका विभिन्न सुविधाहरू उपलब्ध गराउन माग गरे ।

नेपालका मौलिक खेलहरुलाई पनि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा समावेस गरेर मौलिक खेलहरुको पुनर्जागरण गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न माग गर्दै बस्नेतले भने ‘मौलिक जरोकिलो पार्टी नेपालका मौलिक खेलहरुको पुनर्जागरणको लागि सरकार तथा अन्य सरोकारवाला निकायलाई सहयोग गर्न तयार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here