हुवावे मेट ३० प्रो सार्वजनिक, मूल्य कति ?

काठमाडौं, ३० मंसिर । हुवावेले नेपालमा हुवावे मेट ३० प्रो सार्वजनिक गरेको छ । यो फ्ल्यागसिप स्मार्टफोन हो।

यस फोनमा किरिन ९९० एसओसी छ भने ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको छ। यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा, ८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ।

६.५३ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको मेट ३० प्रोमा ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।

यसमा अपरेटिङ सिस्टम गुगलका सेवा बिना एन्ड्रोइड १० तथा ईएमयूआई १० प्रयोग गरिएको छ । यसमा ४ वटा रियर क्यामेरा रहेका छन् ।

जसमा ४० मेगापिक्सेल सिने क्यामेरा सहितको उच्च स्तरको क्वाड क्यामेरा प्रणाली, ४० मेगापिक्सेल सुपरसेन्सिङ क्यामेरा,८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामेरा जडित छ ।

यसको फ्रन्ट क्यामेरा ३२ मेगापिक्सेलको रहेको छ । यसमा ४५ सय एमएएचको ब्याट्री सहित फास्ट चार्जको सुविधा रहेको छ । नेपालमा यसको मूल्य १ लाख २९ हजार ९ सय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here