च्याम्पियन्स लिगको अन्तिम १६ः बार्सिलोनाको भेट नापोलीसँग,रियल मड्रिडको प्रतिस्पर्धी कुन ?

काठमाडौं, ३० मंसिर । युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ ।

सोमबार भएको ड्र अनुसार २०१९-२० च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनीस क्लब बार्सिलोना र इटालीयन क्लब नापोलीसँग आमने सामने गर्ने भएको छ । परेका छन् ।

यस्तै साविकको विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको प्रतिद्वन्द्वी पाएको छ । चेल्सीले बार्यन म्युनिख र टोटनहृयामले लिपिङसँग खेल्नेछन् । पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमण्ड र युभेन्टसले लायनसँग खेल्नुपर्ने भएको छ ।

यस्तो छ तालिका

बार्सिलोना— नापोली

रियल मड्रिड— म्यान्चेष्टर सिटी

पिएसजी—डर्टमण्ड

भ्यालेन्सीया — एटलान्टा

ज्युभेन्टस — लियोन

चेल्सी— बार्यन

लिभरपुल—ंएथलेटीको मड्रिड

टोटनह्याम—आर बी लेबजिग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here