पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय

काठमाडौं, १ पुस । पाकिस्तानका पुर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई लाहौंर हाइकोर्टले मृत्युदण्डको सजाय सुनाएको छ ।

दुवईमा उपचार गरिरहेका मुशर्रफलाई संविधानको विरोध र गम्भीर प्रकारको देशद्रोहको आरोप लागेको थियो ।

उनले केही समय पहिले एउटा भिडियो सार्वजनिक गर्दै भनेका थिए, ‘यो आरोप मेरो लागि पुर्ण रुपमा निराधार छ, देशद्रोहको कुरै छोड्नुस् मैले देशका धेरै सेवा गरेको छु, मैले १० वर्षसम्म देशको लागि युद्ध लड्दै देशको रक्षा गरेको छु ।’

लाहौंर हाईकोर्टका तीन न्यायधीसले यो फैसला सुनाएको थिए ।

के थियो कारण ?

स्लामावादको एक विशेष अदालतले ३१ मार्च २०१४ मा देशद्रोहको आरोपमा जनरल परवेज मुशर्रफलाई दोषी बताएको थियो ।

उनी पहिला पाकिस्तानी व्यक्ति हुन् जसलाई संविधानको अवहेलना गरेको आरोप लागको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here