बजाजको नयाँ शोरुम अत्तरियामा,ग्राहकलाई आकर्षक उपहार

काठमाडौं, १ पुस । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले सुविधा सहितको शोरुम कैलालीको अत्तरियामा संचालनमा ल्याएको छ।

हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले आफुहरुले नयाँ शोरुम संचालनमा ल्याउँदा खुशी भएको बताए।

नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने बताए ।

बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने गुरुङको दाबी छ । शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here