पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधन

काठमाडौं, १ पुस । नेपाली कांग्रेसका पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधन भएको छ। मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ढुंगेलको निधन भएको हो।

ढुंगेल दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति ढुंगेलले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here