पब्जी विश्वकपमा नेपाली युवाहरु सातौं, पाए १० लाख

फोटोः रुटिङ अफ नेपाल बन्द

काठमाडौं, १ पुस । साउदी अरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्ट्रिक्स’ सातौं भएको छ ।

३२ राष्ट्रहरुले भाग लिएको प्रतियोगितामा नेपाली टिम सातौं हुँदै १० लाख रुपैयाँ जित्न सफल भयो ।

बनाना कल्चर नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा टिम र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा ५ जना खेलाडी थिए ।

पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख डलर प्राप्त गर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here