एनआइसी एशियाद्वारा घातक रोगको बीमा रकम हस्तान्तरण

काठमाडौँ, १ पुस । एनआईसी बैंक लिमिटेडले अर्घाखाँचीका बुद्धि राम भुसाललाई बीमा रकम वापतको १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंककोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख रुपैयाँ बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत उक्त रकम भुसाललाई प्रदान गरिएको हो ।

चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी बुद्धि राम भुसाललाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावालहरुलाई रोग पहिचान हुने बित्तिकै प्रदान गरिने बीमा वापतको रकम १५ लाख रुपैयाँको चेक निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरे ।

आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पु¥याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।