मुशर्रफलाई मृत्युदण्ड दिने फैसलाप्रति पाकिस्तानी सेनाको विरोध

काठमाडौं, १ पुस । पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड दिने अदालतको फैसलाप्रति पाकिस्तानका सेनाले असन्तुष्टि जनाएको छ।

पाकिस्तानी सेनाका प्रवक्ताले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मुशर्रफलाई मृत्युदण्ड दिने अदालतको फैसलाले आफूहरुलाई दुःखी बनाएको उल्लेख गरेका छन्।

मुख्य न्यायाधीशसहित तीन सदस्यीय इजलासले बहुमतको आधारमा उक्त निर्णय सुनाएको थियो। पाकिस्तानी सेनाले त्यसप्रति दुःख व्यक्त गरेको छ।

सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले विज्ञप्ति जारी गर्दै भनेका छन्, जनरल परवेज मुशर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको छ।

पूर्वराष्ट्रपति समेत रहेका जनरल मुशर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले संविधानको उपेक्षा गरेको सेनाको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here