अस्ट्रेलियामा इतिहासकै तातो दिन, किन बढ्यो तापक्रम ?

काठमाडौं,२ पुस । अस्ट्रेलियामा इतिहासकै सबैभन्दा गर्मी भइरहेको छ । अस्ट्रेलियाको औषत तापत्रम ४०.९ डिग्री सेल्सियससम्म पुगेको र यो अस्ट्रेलियाको इतिहासमा सबैभन्दा गर्मी रहेको त्यहाँको मौसमविभागले जनाएको छ ।

मंगलबार अधिक गर्मी भएको र तापक्रमले नयाँ उचाई कायम गरेको मौसमविभागले उल्लेख गरेको छ । यसअघि सन् २०१३ को जनवरी ७ मा अस्ट्रेलियाको तापक्रम ४०.३ डिग्री पुगेको थियो । मंगलबार औषत तापक्रम त्यो भन्दा बढी ४०.९ डिग्री पुगेको हो ।

अस्ट्रेलियामा पछिल्लो समय गम्भीर खडेरी छ । यस्तै केही समयअघि मात्रै भीषण डढेलो पनि लागेको थियो । अझै पनि विभिन्न क्षेत्रमा डढेलो लागिरहेको छ । तापक्रम अझै बढ्दै जाने मौसमविदले अनुमान गरेका छन् । अस्ट्रेलियाभर हाल तातो हावा चलिरहेको छ, जसका कारण जनजीवन प्रभावित भएको छ ।

तापक्रम किन बढ्यो?

यो साता पूर्वतिर बहेको तातो हावाका कारण अस्ट्रेलिया तातेको हो। मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराव हुनसक्ने पूर्वानुमान गरेको छ।

थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। मङ्गलवार अस्ट्रेलियाका मध्यभागका केही क्षेत्रहरूमा ४५ डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन गरिएको थियो।

यो साताको सुरुमा वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिन ४० डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन भएको थियो जुन डिसेम्बर महिनाका लागि अभूतपूर्व थियो।

समुद्री सतहहरूमा चिसो र तातो तापक्रमबीचको फरक विगत छ दशककै उच्च भएकोले यस्तो भएको मानिएको छ।

तर अस्ट्रेलियामा लामो समयदेखि खडेरी चलिरहेको छ। कतिपय स्थानमा वर्षौँदेखिको खडेरीका कारण माटोबाट वाष्प वायुमण्डलमा जान नसकेकोको तापक्रम बढ्न सहयोग पुगेको बताइएको छ। बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here