सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, २ पुष । बुधवार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।

मंगलवार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधवार १०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य ७१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले बढ्यो ।

मंगलवार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा बुधवार १०० रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

बुधवार चाँदीको मूल्य भने बढेन ।

बुधवार चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here